JanataToday.com

Advertisment

SKIP THIS

पोखरामा अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव, निम्तो बाँड्दै होटल व्यवसायी

पोखरामा अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव, निम्तो बाँड्दै होटल व्यवसायी

बुटवल । अंग्रेजी नयाँ वर्षमा आयोजना हुने २०औ पोखरा सडक महोत्सवको प्रसारप्रसारका लागि निस्किएको होटल तथा रेष्टुरेन्ट व्यवसायीको टोलीले पोखरा भ्रमणको निम्तो दिन रुपन्देही आइपुगेका छ । नेपालका विभिन्न स्थानमा २०औं पोखरा सडक महोत्सवको प्रसारप्रसारका लागि निस्किएको टोली मंगलबार रुपन्देही आइपुगेको हो ।

पुस १३ गते देखि १७ गतेसम्म २८ डिसेम्बरदेखि जनवरी १ सम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइटमा २०औं पोखरा सडक महोत्सव हुँदैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा हुने महोत्सव सफल बनाउन एसोसिएसनको टोली लागिपरेको अध्यक्ष बुधराज भुजेलले जानकारी दिए ।

सडक महोत्सवका क्रममा लेकसाइटको तीन किलोमिटरसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । सडकमै विभिन्न देशका खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी र बालउद्यानका साथै ख्यातीप्राप्त राष्ट्रिय कलारकारबाट लोकदोहोरी गीत प्रस्तुत गरिने रेवानका अध्यक्ष भुजेलले जानकारी दिए ।

पोखरा पर्यटन व्यवसवायी परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार २७ देशका खानाका परिकार सडक खाना महोत्सवमा राखिनेछ । रेबान पोखराका महासचिव गणेश थापाले २० वर्षदेखि ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नारासहित महोत्सव आयोजना भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, पुष ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij