आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

काठमाडौं : देशभर कोरोना संक्रमित र मृतकको संख्या घट्न थालेको छ । परीक्षण दायरा लगभग स्थिर हुँदा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने बढ्दै जान थालेसँगै सक्रिय संक्रमित पनि केही घटेका छन्।

आज सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ। गत २४ घण्टामा १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij