JanataToday.com

Advertisment

SKIP THIS

भेरी अस्पतालका स्वास्थ्यकर्मी पिट्नेलाइ कडा कारबाही गर्न काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशको माग

भेरी अस्पतालका स्वास्थ्यकर्मी पिट्नेलाइ कडा कारबाही गर्न काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशको माग

बुटवल-नेपाली काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाइ तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ । संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाइ कानुन बमोजिम कडा कारबाहीको माग गरेका हुन ।
महामारीले सिंगो देश नै आक्रान्त भइरहेका बेला बाँकेको भेरी अस्पतालमा संक्रमितकै उपचारमा खटिएका चिकित्सक नर्सहरुमा माथि राजनीतिक पार्टीकै जिम्मेबार व्यक्तिबाट हातपात हुनु निर्लज्ज र निन्दनीय भएको नेता कनौडीयाले बताएका छन । ‘अस्पताल भित्रै स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइ एक तला माथिको झयालबाट हाम फालेर ज्यान जोगाउनु पर्ने अवस्था आउनुलाइ सामान्य रुपमा लिन सकिदैन । तत्काल सत्यतथ्य पत्ता लगाइ दोषीलाइ कडा कारबाही गरीयोस’ नेता कनौडीयाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । स्वास्थ्यकर्मीहरुको भरपर्दो सुरक्षाको प्रत्याभूति गर्न पनि नेता कनौडीयाले सरकारसंग माग गरेका छन । साथै भेरी अस्पतालमा भएको आक्रमणबाट घाइते भएका चिकित्सक र नर्सहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उच्च मनोवलका साथ विरामिको सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाइ अपिल पनि गरेका छन ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij