बुटवल-नेपाली काँग्रेस संसदिय दल लुम्बिनी प्रदेशले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाइ तत्काल कडा कानुनी कारबाही गर्न माग गरेको छ । संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाइ कानुन बमोजिम कडा कारबाहीको माग गरेका हुन ।
महामारीले सिंगो देश नै आक्रान्त भइरहेका बेला बाँकेको भेरी अस्पतालमा संक्रमितकै उपचारमा खटिएका चिकित्सक नर्सहरुमा माथि राजनीतिक पार्टीकै जिम्मेबार व्यक्तिबाट हातपात हुनु निर्लज्ज र निन्दनीय भएको नेता कनौडीयाले बताएका छन । ‘अस्पताल भित्रै स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइ एक तला माथिको झयालबाट हाम फालेर ज्यान जोगाउनु पर्ने अवस्था आउनुलाइ सामान्य रुपमा लिन सकिदैन । तत्काल सत्यतथ्य पत्ता लगाइ दोषीलाइ कडा कारबाही गरीयोस’ नेता कनौडीयाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । स्वास्थ्यकर्मीहरुको भरपर्दो सुरक्षाको प्रत्याभूति गर्न पनि नेता कनौडीयाले सरकारसंग माग गरेका छन । साथै भेरी अस्पतालमा भएको आक्रमणबाट घाइते भएका चिकित्सक र नर्सहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उच्च मनोवलका साथ विरामिको सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाइ अपिल पनि गरेका छन ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्