काठमाडौं- नेपालमा पछिल्लो साता यता कोरोना संक्रमण भन्दा डिस्चार्ज हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ९ हजार ८४१ जना संक्रमित निको भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
आज थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्