JanataToday.com

Advertisment

SKIP THIS

कृषि क्षेत्रका लागि ४५ अर्ब नौ करोड रुपैयाँ विनियोजन

कृषि क्षेत्रका लागि ४५ अर्ब नौ करोड रुपैयाँ विनियोजन

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०७८/०७९ वर्षका लागि कृषि विकास मन्त्रालयका लागि ४५ अर्ब नौ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिलाई आधुनिकीकरण, किसानलाई अनुदान र खाद्यवस्तुमा आत्मनिर्भर हुने लक्ष्यका साथ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।

चिनी मिलमा उखु बिक्री गरेको १५ दिनमा अनुदान दिन ८४ करोड रुपैयाँ विनियोजन भएको छ । दूध सङ्कलन र चिस्यान केन्द्रको स्थापना गरिने भएको छ । हिमाली जिल्लामा व्यावसायिक स्याउ खेती प्रवर्द्धन गरिने कार्यक्रम बजेटमा रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij