विदेशी भूमिमा नेपाली माया

विदेशी भूमिमा नेपाली माया

रुपन्देही
रोजगारिका लागि विदेशी भूमिमा जाने नेपाली युवाहरुको सङ्ख्या धेरै छ । विदेशमा भूमिका पुग्ने कतिपय युवाहरु भने रोजगारीसँगै कुनै कुनै ढंगले आफ्नो पहिचान बनाएर देशप्रतिको माया दर्शाइ रहेका हुन्छन् ।
यस्तै नेपालको कञ्चनपुर बेलौरी घर भइ हाल जापान बस्दै आएका कलाकार गोकुल खरेलले राष्ट्रिय भावना बोकेको गीत ‘गुन्द्रुक ढिडो’ बजारमा ल्याएका छन् । देशप्रतिको प्रेमभाव जगाउने उद्देश्यले खरेको आवाजमा तयार गरिएको गीतको भिडियो शुक्रबार आगमन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नेपालका विभिन्न स्थलको दृश्य राखेर तयार गरिएको यो गीतको भिडियोमा कञ्चनपुर घर भइ जापान बस्दै आएका कलाकार शिरिष गौतम र अरुणा थापाको अभिनय रहेको छ ।
जे भएनी परदेशमा राम्रै भन्नपर्छ, गिलास र कचौरा जस्ता जस्ता एक दर्जन बढी गीतमा अभिनय गरेका गौतम १४ वर्षदेखि जापानमा छन् । जापानमा रोजगारीसँगै अभिनयलाई पनि निरन्तरता दिँदै आएको गौतमले बताए ।
‘गुन्द्रुक ढिँडो लाग्छ हजुर आटोको माया, जहाँ जाउँ लाग्छ देशको माटोको माया’ जस्ता शब्द रहेको गीतमा देशप्रतिको माया, राष्ट्रिय एकता, अखण्डता र परदेशमा हुनुको पिडा समेटिएको छ ।
सागर खरेल र प्रबिण तिमल्सेनाको शब्द रहेको गीतको म्युजिक भिडियोको निर्देशन गोविन्द विष्टले गरेका छन् । भिडियोको एरेन्ज तथा मिक्सिङ पुरुषोत्तम सुवेदी र सम्पादन प्रकाश धमलाले गरेका छन् ।
–––

 

प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij