दीप प्रज्जवल गरि दलित पत्रकार संघले मनायो स्थापना दिवस

दीप प्रज्जवल गरि दलित पत्रकार संघले मनायो स्थापना दिवस

बुटवल – राष्ट्रिय दलित पत्रकार संघ, नेपालको दोस्रो स्थापना दिवस मंगलबार कोरोना महामारीमा ज्यान गुमाएकाहरुको स्मरण तथा कोरोना निवारणको कामना सहित दीप प्रज्जवलन गरेर मनाइएको छ ।

संघको लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटिले बुटवलमा संयुक्त रुपमा दीप प्रज्जवलन गरि स्थापना दिवस मनाएका हुन । दलित समुदायका पत्रकारहरुको छाता संस्था पत्रकार संघको २०७६ साल जेठ गते घोषणा गरिएको थियो । पत्रकार संघ घोषणाका दिनलाई प्रत्येक वर्ष स्थापना दिवसका रुपमा मनाउन थालेकाने संघले जनाएको छ ।

बुटवलमा आयोजित दीप प्रज्जवलन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले नेपाली सञ्चारमा आबद्ध करिव १३ सय पत्रकारहरुको छाता संस्थाका रुपमा संघ स्थापित भएको भन्दै स्थापना दिवसको शूभकामना दिए ।

उनले यो वर्ष कोरोना महामारीले ठूलो क्षती गराएको बताउँदै संक्रमणबाट मृत्यू भएका पत्रकार तथा सञ्चारकर्मीको परिवारलाई तीन तहको सरकारले राहात दिनुपर्ने बताए । उहाँले प्रदेश, स्थानीय र संघीय सरकारले कोरोनाकै कारण सञ्चारकर्मीको मृत्यू भएमा परिवारलाई रोजगारी तथा अन्य कुनै राहात दिलाउन ध्यानआर्कषण गराए ।
उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले संविधान र कानुनले मात्रै विभेद अन्त्य हुन नसकेको बताउँदै आन्दोलनकै रुपमा अघि बढाउन सुझाव दिए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले संघले छोटो समयमा आफूलाई स्थापित गरेको भन्दै शूभकामना दिए । संघका लुम्बिनीबाट केन्द्रीय उपाध्यक्ष विनोद परियारले जेठ १८ गते संघले देशैभरका दलित समुदायका पत्रकारहरुलाई जोड्ने महत्वपूर्ण कामको थालनी गरेको बताए । उक्त अवसरमा केन्द्रिय सदस्य फूलू सुनार, प्रेस युनियन उपसभापति कबिन्द्र नेपाल,रेडियो जागरण सञ्चालक समिति सदस्य सरोज गौतम, समाजसेवी अमृत गहतराज लगायतको उपस्थिती थियो ।

कार्यक्रमम संघका प्रदेश सचिव सञ्जय सौगातको अध्यक्षता तथा रुपन्देहीका जिल्ला अध्यक्ष टंक सुनारको सञ्चालनमा भएको थियो । संघको हालसम्म ७ प्रदेश र ६५ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij