काठमाडौं : सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ।
विश्वकप र एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुन लागेको हो। नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्न लागेको हो। नेपाल र चाइनिज ताइपेई बीचको खेल कुवेतको कुवेत सिटीमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।
यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । नेपाल जोर्डन र अष्ट्रेलियासँग भने हारेको थियो। नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक सहित शीर्ष स्थानमा छ भने जोर्डन र कुवेत समान १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन्।
नेपाललाई विश्वकप छनोटको तेस्रो चरणमा पुग्न भने कठिन छ। बाँकी खेलमा जित निकाल्दै एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने मौका भने नेपालको कायमै छ।
नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अष्ट्रेलियासँग खेल्न तालिका तय छ। नेपाली राष्ट्रिय फुटबल टोली जेठ २९ गते स्वदेश फर्कने छ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्