कोरोना संक्रमणबाट भैरहवामा कार्यरत डा पशुपति रजौरिया निधन

कोरोना संक्रमणबाट भैरहवामा कार्यरत डा पशुपति रजौरिया निधन

रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डा पशुपती रजौरियाको ३५ वर्षको उमेरमा कोभिडले मृत्यु भएको हो । भर्खरै विवाह गरेका श्रीमान श्रीमति नै कोभिडसंगै लडिरहेका थिए । श्रीमति डा। हसिना वानुले कोभिड परास्त गरेपनि डा रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोहि अस्पतालमा कार्यरत थिए । श्रीमति वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

छोटो समयमै राम्रो पहिचान बनाईसकेका डा रजौरियाको निधनले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु स्तब्ध बनेका छन् । निकै राम्रो र लगनशिल डाक्टर गुमाउनु परेकोमा अस्पताल परिवार स्तब्ध रहेको गुरुङले बताएका छन् । उनको घर कपिलवस्तु रहेको पनि अस्पताल प्रशासनले जानकारी जनाएको छ ।

काभिड १९ का कारण सोहि मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । उनिहरु मध्ये अधिकाशले जितेका छन् । डा रजौरियाले कोभिड विरुद्धको खोप नलाएको अस्पतालको रेकर्ड शाखाले जनाएको छ । भर्खर विवहा गरेका उनिहरु दुवै जनाले खोप लगाउन ईन्कार गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij