बुटवल – रुपन्देहीमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६६१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
थपिनेहरुमा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३/१३ जना, सिद्धार्थनगर नगरपालिकामा १४, सैनामैना नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ८ जना, ओमसतिया गाउँपालिकामा ६ जना, कञ्जन गाउँपालिकामा ३ जना, सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ९५६ पुगेको छ । हाल जिल्लामा १ हजार ५७२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।
यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०१ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २४ हजार ९३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४४४ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्