काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकता नभए पनि कोरोनाविरुद्धको खोप लगाउन पाइने जनाएकाे छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै नागरिकता नभएका व्यक्तिले पनि खोप लगाउन पाइने स्पष्ट पारेको हो ।
“नागरिकता नभएकाहरुका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजपत्र भए पनि पुग्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् । र, वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ ।”

प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्