काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२ हजार ६५ जना र एन्टिजेन विधिबाट ५ हजार ६११ जना गरि कुल ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे चाैबीस घण्टामा १०८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाकान कारणा मृत्यु हुनेकाे संख्या ८ हजार ९८ पुगेकाे छ ।
नेपालमा हालसम्म कूल काेराेना संक्रिमतकाे संख्या ५ लाख ९५ हजार ३६४ पुगेकाे छ । यसमध्ये ५ लाख ४ हजार ५३० संक्रमित निकाे भइसकेका छन् । हाल संक्रिय संक्रमितकाे संख्या ८२ हजार ७३६ रहेकाे छ ।
क्वारिन्टिनमा ७४७ छन् । अहिलेसम्म नेपालमा ३१ लाख ६७ हजार १२९ पीसीआर परीक्ष गरिएकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्