सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ – सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अरू दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बस्ने तय भएको हो । छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए । सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

छलफलमा प्रधानमन्त्री ओली जाने/नजाने अहिले निश्चित भइसकेको छैन । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सभामुख सापकोटाले संविधानअनुसार नमिल्ने भनेका थिए । सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij