प्रधानसेनापति बुटवलको जितगढी किल्लामा, देशभरका किल्लाहरु जोडेर विशेष क्षेत्र बनाउँदै नेपाली सेना

प्रधानसेनापति बुटवलको जितगढी किल्लामा, देशभरका किल्लाहरु जोडेर विशेष क्षेत्र बनाउँदै नेपाली सेना

बुटवल । प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्कालिन अंग्रेज साम्राज्यलाई परास्त गरेको मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको अवलोकन गरेका छन् ।

बुटवल उपमहानगरपालिकाले जितगढीमा विशेष गुरुयोजना बनाएर काम अगाडि बढाइरहेका बेलामा सेनापतिसहितको विशेष टोलीले यहाँको अवलोकन गरेको हो ।

त्यसक्रममा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक बनाउन लागेको लगायतका एकीकृत पर्यटन विकासका बारेमा जानकारी गराएका थिए ।


सेनापतिले बुटवल उपमहानगरपालिकाले अगाडि सारेको अभियानको सराहना गर्दै त्यसलाई पूरा गर्ने काममा आफुहरुले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए।

साथै उनले नेपाल एकीकरणपूर्व र पश्चातका विभिन्न किल्लाहरु, सामरिक महत्वका क्षेत्रहरु, गढीहरुलाई जोडेर नेपाली सेनाले विशेष अध्ययन गरिरहेको जानकारी दिए ।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्न थालेको छ ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij