कपिलवस्तु । कपिलवस्तु जिल्लामा ४ सय वढी कर्मचारीहरु आन्दोलीत भएका छन । सरकारले जारी गरेको कर्मचारी संयोजन अध्यादेश २०७५ को विरोधमा कपिलवस्तुका विभिन्न स्थानिय तहको कामकाज प्रभावीत बनेको हो ।
जिल्लामा रहेका १० स्थानिय तह जिल्ला समन्वयन समितिका कर्मचारीहरु आन्दोलीत बनेका छन । मंसीर २८ गते देखी चलिरहेको आन्दोलनको पाचौँ दिन स्थानिय तहमा कार्यरत अस्थायी,करार,ज्यालादारी,सामाजिक परिचालकहरुले स्तर वृद्धीको माग गरेका छन ।
कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम काज ठप्प पारेका हुन । उनिहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा स्थानीय तहमा कार्यरत कर्मचारिहरु आन्दोलनमा उत्रीएका हुन् ।
निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको कर्मचारिहरुले बताएका छन् ।कपिलवस्तु सर्घष समितिका जिल्ला अध्यक्ष्य ईन्द्रमणी पौडेलले राज्यले गरेको विभेद तुरुन्त सुधार गर्नुपर्ने वताए ।
त्रिपाठीले भने –“सरकारको प्रतिनिधिको रुपमा स्थानिय तहमा काम गरेका कर्मचारीको अहिले मुल्याकंन नगरिनु दुखत कुरा हो त्यसैले हामी आन्दोलनमा उत्रन वाध्य भयौ” ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा साकिर अहमद खा,विजयनगर गाउँपालिकामा वाल वहादुर थापा,महाराजगंज नगरपालिकामा निरन्जन पौडेल,वुद्धभुमी नगरपालिकामा बावुराम खनाल,वाणंगगा नगरपालिकामा ईन्द्रमणी पौडेलको संयोजक्त्वमा आन्दोलन भइरहेको छ ।माग सम्वोधन नभएर भोली वाट पेनडाउन गरेर आन्दोलनलाई शसक्त गराउने संघर्ष समिति कपिलवस्तुले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्