कांग्रेस कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेस कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। आगामी १४औँ महाधिवेशनका विषयमा छलफल गर्न हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। हिजोको बैठकमा पार्टीको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्नेगरी पदाधिकारी बैठकले गरेको निर्णयमा छलफल भएको थियो।

यसअघि तोकिएको भदौ ७ देखि १० गतेको मितिलाई एक हप्ता पछाडि धकेल्ने प्रस्तावमा हिजो केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। त्यस्तै क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुले क्रियाशील सदस्यताको प्रस्तावित विवरणमा भइरहेको कामबारे बैठकलाई जानकारी गराएको पार्टी कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए।

त्यस्तै हिजोको बैठकले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका काममा गम्भीरतापूर्वक लाग्न सरकारलाई आग्रह गरेको थियो। आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि महाधिवेशनको मिति सार्ने प्रस्ताव अनुमोदन गर्ने तयारी गरिएको छ। कांग्रेसलाई आगामी भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

 

प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij