JanataToday.com

Advertisment

SKIP THIS

भलिबलमा क्वाटर फाइनलका समीकरण पुरा

भलिबलमा क्वाटर फाइनलका समीकरण पुरा

बुटवल । कालिका मानवज्ञान माविको आयोजनामा संचालन भैरहेको आठौं जिल्ला स्तरीय अन्तर मावि भलिवल प्रतियोगिताका क्वाटरफाइनल खेलका समिकरणहरु पुरा भएका छन् ।

बुधवार विद्यालयको खेल मैदान रामनगरमा पहिलो र दोश्रो चरणका खेलहरु भएपछि प्रतिष्प्रधा क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

दोश्रो चरणको खेलबाट मणि मुकुन्द मावि, नयाँगाउ मावि, न्यु लाइट बोर्डिंग स्कूल, नहरपुर मावि, एभरेस्ट बोर्डिंग स्कूल, न्यु होराइजन बोर्डिंग, सिद्धार्थ बोर्डिंग र कालिका मावि क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको खेलमा मणिमुकुन्दले न्यु ईन्भारनमेन्टलाई, नयाँगाउँले कान्तिलाई, न्यु लाइटले दिप बोर्डिंगलाई, नहरपुर माविले अन्नपूर्णलाई, एभरेस्टले शिवपुरलाई, न्यु होराईजनले क्यानललाई र कालिकाले सिद्धेस्वर माविलाई दोश्रो चरणको खेलमा पराजित गरि क्वाटर फाइनलको यात्रा तय गरेका हुन् ।

आज सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा सिद्धार्थ बोर्डिंग स्कूलले कालिका मानवज्ञान माविलाई २–० को सोझो सेटमा पराजित गरि सेमी फाइनलमा प्रवेश गरेको छ । भोलि क्वाटर फाईनल बाँकि खेलहरु सेमी फाइनलका खेलहरु हुने विद्यालयका खेल संयोजक राजु शर्माले जनाएका छन् ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij