रुपन्देही -महोत्तरीमा सुनचाँदी व्यवसायी विरेन्द्र शाहको लुटेराहरुको समुहले गोलि हानि गंभिर घाइते बनाएर गरगहना लुटेको प्रति रुपन्देही सुनचाँदी व्यवसायी संघले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
महोत्तरी सम्सी गाँउपालिका १ मा अबस्थीत राजिव ज्वयलर्सका संचालक विरेन्द्र शाहलाई आषाढ २ गते राति १२ बजेको समयमा गोलि हानि गंभिर घाइते बनाउनुको साथै घरपरिवारका अन्य सदस्यलाई समेत रड र खुकुरी प्रहार गरि घाइते बनाएकोमा रुपन्देही सुनचाँदी ब्यवसायी संघले विज्ञप्ती जारी गर्दै आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘व्यवसाय सञ्चालनमा क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनिय भएको र सिङगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ। यसले आम व्यवसायीलाई हतोत्साही मात्रै नबनाई चिन्तित र दुखित समेत तुल्याएको छ,’ संघका सचिव रेवन्त बिश्वकर्माद्धारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस अघि लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय प्रदीप विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरी ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका थिए ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै अपराधीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र पिडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न सुनचाँदी व्यवसायीको माग छ। साथै संघले लुटेराको आक्रमणमा परी घाइते शाह र परिवारको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
प्रकाशित मिति : आइतबार, असार ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्