स्वास्थ्यमा संवाद स्वास्थ्यमा बजेट बढाउने स्थानिय तहका प्रमुखहरुको जोड

स्वास्थ्यमा संवाद स्वास्थ्यमा बजेट बढाउने स्थानिय तहका प्रमुखहरुको जोड

बुटवल –स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रभावकारी निती, कार्यक्रम तथा प्रयाप्त वजेटको आवश्यक्तामा जोड दिइएको छ । सम्वाद समूह, सचिवालय तल्सीपुर दाङको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्वीनी प्रदेशको सहकार्यमा आज आइतबार सरोकारवालाबीचको भर्चुअल संवादमा सो कुरामा जोड दिइएको हो । स्वास्थ्य क्षेत्रमा बजेटको प्राथमिकीकरण, प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वय र बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरिय भर्चुअल संवाद गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते प्रस्तुत गरेको वजेटमा कोभिड–१९ को रोकथाम र नियन्त्रणलाई प्रभाबकारी बनाउने र स्वास्थ्य सेवामा नागरिकहरुको पहँच बढाउने उल्लेख गरिएको छ । यसैगरी स्थानीय सरकारले पनि बजेट सार्वजनिक गर्न लागिरहेको स्थितीमा स्वास्थ्य सरोकारवाला र जनप्रतिनीधीबीच संवाद गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीती कार्यक्रम र वजेट छुटयाइएको बताउँदै सोही अनुसार कार्यान्वयनका लागि सम्वद्ध निकाय प्रतिवद्ध रहनु पर्नेमा जोड दिनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले उपलव्ध वजेट र सीमीत स्रोत साधानको अधिकतम उपभोग गर्ने बातावरण सिर्जना गर्दै स्वास्थ्य संरचना निर्माण र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आहवान गर्नु भयो । नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष एवं तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले स्थानीय तहले स्वास्थ्य पुर्वाधार निर्माण र सचेतनामा जोड दिनु पर्ने बताउनु भयो । नेपाल नगरपालिका महासंघका लुम्वनी अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि सरकार र सम्वद्ध सरोकारवीचको समन्वय आवश्कीय भएको बताउनु भयो । नेपाल गाँउपालिका महासंघ लुम्वनी अध्यक्ष एव छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्त, संधिखर्क नगरपालिकाका मेयर कमल भुषाल, छत्रदेव गाउपालिका प्रमुख लेखनाथ पोख्रेल, शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, प्युठानका मेयर अर्जन कक्षपती लगायतका स्थानीय तहका प्रमुखहरुले स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकतासाथ वजेट छुटयाउन र कार्यान्वयन गर्न कन्जस्याई गर्न नहुने तर्क राख्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खाँन, नेकपा माओबादीका प्रमुख सचेतक तुलबहादुर घर्ती, भेरी अष्पतालमका मेसु डा प्रकाश थापा, संधिखर्कका मेयर डब्लु.एच.ओ.का प्रतिनिधि हरि भुसाल लगायतले आवश्यक सुझाव राख्नु भयो । सम्वाद समूह, सचिवालय तल्सीपुरका वरिष्ठ सहजकर्ता सुशिल वस्नेत, विक्रम खड्काद्धारा सहजीकरण गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, सञ्चारकर्मी, सम्वादकर्ता लगायतका सहभागीता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, असार ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij