गरिब देशहरुमा कोरोना खोपको चरम अभाव, ठूलो समस्या निम्तिन सक्ने डब्ल्यूएचओको चेतावनी

गरिब देशहरुमा कोरोना खोपको चरम अभाव, ठूलो समस्या निम्तिन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं । गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना विरुद्धको विश्वव्यापी खोप साझेदारी योजना ‘कोभ्याक्स’का लागि खोप पर्याप्त नभएको खुलासा भएको हो ।

डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएकाले यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी पनि दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताएको बीबीसीले जनाएको छ । धनी देशहरुले गरिब देशलाई दिने कोभ्याक्स सुविधाको खोप जतिसक्दो छिटो उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, असार ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij