बाग्लुङ – बाग्लुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएकाे छ । बाग्लुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बाग्लुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा ज्यान गएकाे हाे ।
आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरी अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्