काठमाडौं । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको छुट बन्द गरेका छन् ।
निषेधाज्ञा खुकुलो भएको भन्दै अब छुट नदिने निर्णय गरिएको हो ।
उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।
साल्ट ट्रेडिङ कर्पाेरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले हालको परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको बताए ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्