तिलोत्तमा-राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटी रुपन्देहीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई तिलोत्तमाका वडा वडामा पुगेर राहत वितरण गरिरहेको छ ।
युवा संघले महामारीबाट प्रभावित तिलोत्तमा नगरपालिकाका चारवटा वडामा रहत वितरण गरिसकेको संघका तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलले बताए । असार ५ गते वडा नम्बर १० कान्छीबजारका करिव ६० परिवारलाई खाद्यान्न वितरण सुरु गर्दै संघले अभियान थालेको हो । बिहीबार संघले नगरका तीनवटा वडामा पुगेर राहत वितरण गरेको अध्यक्ष कंडेलले जानकारी दिए ।
बिहीबार तिलोत्तमा ११ मा १८ घर, तिलोत्तमा–१४ मा १० घर र वडा नम्बर ८ मा २ घर गरी ३० घर परिवारलाई राहत प्रदान गरिएको छ । जसमा २० केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, नुन लगायत खाद्य सामग्री रहेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले विभिन्न स्थानमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं” अध्यक्ष कंडेलले भने ।
महामारीबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु आफूहरुको दायित्व रहेको पनि उनले बताए । युवाहरुबाटै रकम संकलन गरी विपन्न नागरिकलाई राहत प्रदान गरिएको उनले बताए । युवा संघले महामारीबाट प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असार १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्