काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । मन्त्रालयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी रहँदा निर्वाचनका लागि आयोगलाई सो रकम खर्च गर्ने गरी सहमति दिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन,२०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्