सञ्चारीका समुह रुपन्देहीको आयोजनामा तेस्रो चरणको कोरोना प्रभाव र अपनाउनु पर्ने सावधानी विषयक अभिमुखिकरण

सञ्चारीका समुह रुपन्देहीको आयोजनामा तेस्रो चरणको कोरोना प्रभाव र अपनाउनु पर्ने सावधानी विषयक अभिमुखिकरण

बुटवल-तेस्रो चरणको कोरोना प्रभाव र अपनाउनु पर्ने सावधानी विषयक अभिमुखिकरण कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागिहरुले कोरानाबाट बच्न सामाजिक दुरी कायम गर्ने आफू सचेत र सजग हुनु पर्ने बताएका थिए ।

सञ्चारीका समुह रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिका वडा नं ४ को सहयोगमा कार्यक्रम संपन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष टंक पराजुलीले विश्व माहामारीको रुपमा रहेको कोरोना भाइरसले जनजिवनमा ठूलो प्रभाव पारिरहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बेला आएको बताउदै संक्रमण जोखिम न्युनिकरणका लागि जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल मेडिकल एशोसियशन लुम्बिनीका महासचिव, बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेलले कार्यक्रमको सहजिकरण गर्दै तेस्रो चरणको कोरोना भारत लगाएतका देशहरुमा प्रवेश गरिसकेको भन्ने विश्व स्वास्थ्य संगठनको भनाई रहेको बताउदै यसबाट बालवालिकाहरु बढी प्रभावित हुनसक्ने अनुमान गरेकाले यसबाट आफु र आफ्ना बालबालिकाहरुलाई सुरक्षित राख्ने उपाएहरुका बारेमा जानकारी गराएका थिए ।

सबै नारिकहरुलाई खोपको पहुँच पुग्नु पर्ने, वालबालिकाहरुलाई घरबाहिर जानबाट रोक्नु पर्ने तथा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन सकेमा यो रोगबाट बच्न सकिने बताउदै डा.पोखरेलले आहार बिहारमा सजगता र रहनसहनमा सतर्कता अपनाउनु नै कोरोना जस्ता संक्रामक रोगहरुबाट बच्ने मुख्य उपाय भएको बताए ।
संस्थाका अध्यक्ष निरु गौतमले कोरोना भाइरसको पहिलो र दोस्रो लहर पछि तेस्रो लहर बाट सुरक्षित हुन कोरोना लाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताइन ।
कार्यक्रममा स्वास्थ्य स्वयंसेवीका गिता पन्थ, भुवनेश्वरी टोल विकास संस्थाका रविन्द्र नाथ पंगेनी, लक्ष्मीनगर टोल विकास समितिका एकता दवाडी, आर्दशनगर प्रगति टोलका राधा पन्त , सञ्चारिका समुहका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिना ढकाल, पत्रकारहरु शारदा शाही, पुजा पन्थी लगाएतले बोल्दै कोरोनालाई जित्नका लागि उच्च मनोवलका साथ सुरक्षात्मक उपाय अपनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा टोल बिकास संस्थाका अध्यक्ष,जनप्रतिनिधी,पत्रकार र सरोकारवालाको सहभगिता रहेको थियो ।

प्रकाशित मिति : शनिबार, असार १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij