काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संसद् भवन दिउँसो १ बजे बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
तीमध्ये एउटा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र अर्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७–०७८ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यही असार १७ गते आठौँ अधिवेशनको पहिलो बैठक बसेको थियो । सो बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत १६ वटा अध्यादेश पेस भएका थिए । सो बैठकमा प्रमुख दलका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति : आइतबार, असार २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्