प्रदेश ५ कृषि मन्त्रालयले शिक्षित कृषिकर्मी तयार गर्छ : मन्त्री पौडेल

प्रदेश ५ कृषि मन्त्रालयले शिक्षित कृषिकर्मी तयार गर्छ : मन्त्री पौडेल

बुटवल । प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि पढ्ने विद्यार्थीलाई किसान बन्न सहयोग गर्ने भएको छ ।

मन्त्रालयले आफ्नो बजेटमा नै व्यवस्था गरी कृषि क्षेत्रमा पढ्देै गरेका र अध्ययन पुरा गर्ने अन्तिम तयारीमा रहेका विद्यार्थीहरुलाई ‘भविष्यका कृषक सहयोग’ कार्यक्रम मार्फत सहयोग गर्ने भएको हो ।

पक्लिहवा कृषि क्याम्पसमा भैरहवामा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अब शिक्षित कृषिकर्मी तयार गरिने बताईन् ।
मन्त्री पौडेलले शिक्षित जनशक्ति बेरोजगार भएर बस्ने वातावरण अन्त्यको लागि यस्तो प्रकृतिको कार्यक्रम ल्याइएको जानकारी दिईन् ।

उनका अनुसार पहिलो चरणमा प्रदेश नम्बर ५ का दुई वटा कृषि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई यस्तो प्रकृतिको सहयोग गरिने छ ।

कार्यक्रममा बोल्दै मन्त्रीले भनिन्–‘ विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्रै होईन, अब व्यवहारिक रुपमा पनि केही गरेर देखाउन आवश्यक छ, तपाईंहरु हिम्मत गर्नुहोस्, प्रदेश सरकार साथमा छ ।’

प्रदेश सरकारले कृषि को क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिदै उनले नेपालमा नै पहिलो पटक करार कृषि खेती प्रदेश ५ ले सुरुवात गरेको यसको अनुशरण अन्य प्रदेशहरुले समेत गर्न थालेको बताईन् ।

कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटाले विद्यार्थीहरुलाई नै व्यवसायिक किसान बनाउने अभियानको थालनी प्रदेश नम्बर ५ सरकारले नेपालमै पहिलो पटक सुरुवात गरेको जानकारी दिए ।

उनले विद्यार्थीहरुको सैद्धान्तिक ज्ञान, सिप र धारणा लाई व्यवहारमा लागू हुनु आफैमा राम्रो कार्य भएको बताए ।

यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उप सचिव, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले यसरी विद्यार्थीहरुले सिकेको सिपलाई व्यवहारमा लागू गर्दा अन्य किसानहरुले समेत त्यसबाट सिक्ने मौका पाउने भएको कारण यस्तो प्रकृतिको कार्यक्रम ल्याइएको बताएका थिए ।

उनले शिक्षित किसान उत्पादन नभएसम्म देशको कृषि क्षेत्रमा विकास नहुने भन्दै यसमा प्रदेश सरकारको योजना अनुसार नै लागिएको बताए ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्यायन संस्थान, पक्लिहवा कृषि क्याम्पसका प्रमुख प्रा.डा. कन्हैया प्रसाद सिंहले विद्यार्थीहरुको लागि प्रदेश सरकाले ल्याएको कार्यक्रम आफैमा राम्रो भएको बताए ।
उनले विद्यार्थीहरुले आफुले सिकेको सिप, क्षमता प्रर्दशन गर्ने थलोको रुपमा समेत यसलाई अगाडी बढाउनको लागि आग्रह गरे ।

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पस भैरहवाका उप प्रध्यापक डा. पुष्पराज पौडेल, कृषिमा स्नातक किसान अजय चौधरी, राजेन्द्र जंग रायमाझी, क्याम्पसका उप प्रध्यापक शुबोध खनाल, कृषि विकास निर्देशनालय प्रमुख डा. शान्ती कार्की, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय डा. किशोर तिवारी, मन्त्रालय पशु विकास महशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, पशु सेवा विज्ञ हस्पीटल प्रमुख डा. नन्दलाल शर्मा लगायतले बालेका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij