एमाले एकताबद्ध भएको सन्देश दिने कार्यदलको तयारी

एमाले एकताबद्ध भएको सन्देश दिने कार्यदलको तयारी

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्दैछ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नजुटे पछि आज पुनः बस्ने भएको हो ।

बिहान साढे ११ बजेका लागि डाकिएको बैठकमा सहमतिका लागि सम्पुर्ण प्रयास गरिने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाउँदै आएका छन् ।

आजको बैठकमार्फत एमाले एकताबद्ध भएको सन्देशदिने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुई पक्षमा बाडिँएपछि विवाद उत्कर्षमा पुगेको हो ।

प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij