लुम्बिनी सहित देशका अधिकांश स्थानमा भीषण वर्षाको सम्भावना

लुम्बिनी सहित देशका अधिकांश स्थानमा भीषण वर्षाको सम्भावना

file

काठमाडौं । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै‚ गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : शनिबार, असार २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij