काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको कोभिडविरुद्धको १५ लाख डोज खोप आउँदो सोमबार नेपाल आइपुग्ने भएको छ ।
अमेरिकाले ‘कोभ्याक्स’ अन्तर्गत उपलब्ध गराउने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले निःशुल्क दिन लागेको हो ।
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्