रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लाममा दुई सय २१ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।

थपिएकामध्ये बुटवलका ८ जना, सिद्धार्थ नगरपालिकाका ४ जना, तिलोत्तमाका ४ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना र कञ्चनका एक जना रहेका छन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा कुनै संक्रमितको पनि ज्यान नगएको कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म २८ हजार ७ सय ३७ जना संक्रमित पुगेका छन् । तीमध्ये  ९७ प्रतिशत निको भइसकेका छन् । दुई प्रतिशतको ज्यान गएको छ भने बाँकी एक प्रतिशत सक्रिय संक्रमितका रुपमा रहेका छन् ।

प्रकाशित मिति : शनिबार, साउन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij