JanataToday.com

Advertisment

SKIP THIS

नेपालका १५ बैंकलाई ह्याकरको धम्की, राष्ट्र बैंकले भन्यो- सुरक्षित छौं

नेपालका १५ बैंकलाई ह्याकरको धम्की, राष्ट्र बैंकले भन्यो- सुरक्षित छौं

काठमाडौं – नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याकरको निशानामा रहेको खुलासा भएको छ । ह्याकरले राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिँदै बैंकका अधिकारीहरुलाई इमेल र फोन गरेको पाइएको हो ।

ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु, नबिल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाम उल्लेख छ । अपरिचत इमेलमा २४ घण्टाभित्र ह्याक गर्ने धम्की दिइएको छ ।

त्यस्तो पत्र र फोन राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेल र फोनमा आएको हो ।

केहि दिनअघि देखि नै सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै अपरिचित नम्बरबाट फोन र इमेल आएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्र बैंकले भने आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ ।

अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की आएको थाहा भए पछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको बताएका छन् । ‘

अपरिचत व्यक्तिबाट फोन र इमेल आयो, त्यसपछि हामीले आफ्नो र सबै बैंकको प्रणाली परीक्षण गर्यौं, सबै ठिक पाएका छौं,’ गभर्नर अधिकारीले भनेका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij