काठमाडाैँ – ओलम्पिकमा सहभागिताका लागि टोकियो पुगेकी नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा शनिबार भएको खेलमा कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् ।
यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६ सय १४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन असफल भइन् ।
छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । उनी ५० खेलाडीमा ४६ औ स्थानमा रहिन् ।
प्रकाशित मिति : शनिबार, साउन ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्