काठमाडौं – जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकतामा कार्यकारिणी सदस्य तथा प्रतिनिधि सभा सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले सनाखतबाट जसपा विवाद टुङ्ग्याउने निर्णय गरेपछि सोमबार (आज) आयोग पुगेका चौधरी कुनै समूहको पक्षपोषण नगरी तटस्थ बसेका हुन् ।
आयोग पुग्नासाथ नेताहरुसँग छलफल गरेपछि निर्णय लिने बताएका चौधरी तटस्थ बसेका हुन् । चौधरीले अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । त्यसपछि आयोगबाट बाहिरिएका चौधरीले भने— ‘म पार्टीको बफादार सिपाही हुँ, म राजपाबाट निर्वाचित भएको हुँ । तटस्थ रहेँ ।’
चौधरी तटस्थ रहेसँगै अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ सांसदले हस्ताक्षर गरेका छन् भने ठाकुरको पक्षमा १६ सांसद रहेका छन् । आयोगले आजै आधिकारिकताको घोषणा गर्दैछ । आधिकारिक परिणाम भने सार्वजनिक भइसकेको छैन ।
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्