काठमाडौं : जापान सरकारले दिएको अस्ट्राजेनेका खोपको दोस्रो खेप आज काठमाडौं आइपुग्दैछ।
पहिलो चरणमा जापानले पठाएको ८ लाख डोजमध्ये हिजो पहिलो खेपमा ५ लाख र आज झण्डै ३ लाख डोज खोप काठमाडौं आइपुग्न लागेको स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए।
खोप लिएर कतार एयरको जहाज बिहान पौने १० बजे काठमाडौं पुग्नेछ। जापानले कोभ्याक्स सुविधामा दिने भनेको १६ लाख डोज खोपमध्ये बाँकी ८ लाख डोज अर्को साता काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ।
जापानले दिएको अष्ट्राजेनेका खोप भोलि देखि लगाउन सुरु हुनेछ। यो खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनेका खोप दिइने खोप महाशाखाका प्रमुख गौतमले बताए।
प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्रै सुरु हुने भएको छ।
प्रकाशित मिति : आइतबार, साउन २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्