एमाले स्थायी कमिटी बैठक शुरू

एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ।

दिउँसो ३ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो।

जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तय गरिसकेको छ। स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन्।

संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ। आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने सो पक्षको अडान छ।

पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको नेपाल पक्षकै आग्रहमा हिजो बस्नेगरी बोलाइएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक एक दिन सारिएको थियो।

नेपाल पक्षले भने सहमति गर्न पर्याप्त छलफल आवश्यक भएकाले केही दिन बैठक स्थगित गरेर दुवै पक्षबीच संवादमा जोड दिन आग्रह गरेको छ।

प्रकाशित मिति : सोमबार, साउन २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij