चौबीस घण्टामा ३ हजार ६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

चौबीस घण्टामा ३ हजार ६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७८४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४४५ जनाको पीसीआर परीक्षणबाट २ हजार ६०९ र ६ हजार १४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ४२ जना गरी जम्मा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ४४१ र आइसोलेसनमा ३६ हजार २२ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख १७ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : सोमबार, साउन २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij