स्थापना दिवसमा मदन भण्डारी स्र्पोटस एकेडेमी द्धारा रक्तदान

स्थापना दिवसमा मदन भण्डारी स्र्पोटस एकेडेमी द्धारा रक्तदान

बुटवल । मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवल उपमहानगरपालिका कमिटिले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

एकेडेमीको स्थापना दिवसको अवसरमा नियमित कार्यक्रम अन्तरगत चौथौ पटक खुल्ला रक्तदान कार्यक्रम गरिएको अध्यक्ष विकासजंग बस्नेतले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उप नगरप्रमुख गुमादेवि आचार्यले रक्तदानमा बुटवल नगरका युवाबाट नमुना अगुवाई भएको बताए ।

बडा न ६ का वडा अध्यक्ष जगदिशचन्द आचार्य, युवा संघ नेपालका केन्द्रिय सदस्य केशव रोक्का, जिल्ला सचिव कृष्ण थापाले सामाजिक परिवर्तनमा युवाहरुको महत्वपूर्ण योगदान रहेको बताए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवल ट्राफिक चोकमा गरीएको कार्यक्रममा ५ जना महिलासहित ५० जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : आइतबार, पुष ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij