स्वास्थ्य राज्यमन्त्री भन्छन्- हरेक दिन डेढदेखि २ लाखसम्मले खोप लगाउँछन्

स्वास्थ्य राज्यमन्त्री भन्छन्- हरेक दिन डेढदेखि २ लाखसम्मले खोप लगाउँछन्

अघिल्लो सरकारको पालामा ९७ लाख खोप आएको थियो

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको जानकारी प्रतिनिधि सभामा गराएका छन् । बिहीबार (आज) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिएका हुन् ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको श्रेष्ठले जानकारी दिए । यस्तै मन्त्री श्रेष्ठले हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको दाबी गरेका छन् । ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ,’ मन्त्री श्रेष्ठले भनेका छन्, ‘हरेक दिन २ लाखसम्मले खोप लगाइरहेका छन् ।’

यस्तै मन्त्री श्रेष्ठले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने बताएका छन् ।

प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij