काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा गरि ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ र एन्टीजेन विधिबाट ७२ हजार ८८२ पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा देशभरबाट २ हजार २९४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ । नेपालमा निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार २१२ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्