काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार १२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणबाट २ हजार ३२१ र ४ हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जना गरी जम्मा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्