प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

चितवन । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।

आगामी माघ महीनामा प्रदेश नं–५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकूदमा भाग लिन पाउने चितवन जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा आठ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चारजना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनोट भएका छन् ।

त्यस्तै भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सातजना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा आठ जना पुरुष, बास्केट बलमा १० जना पुरुष, बुद्धिचालमा दुईजना पुरुष छनोट भएका चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।

त्यसैगरी, लङ टेनिसमा एकजना पुरुष, टिआइएफ तेक्वान्दोमा चार जना पुरुष, फुल कन्ट्याक्ट कराँतेमा चारजना महिला तथा छ जना पुरुष छनोट भएको ढकालले बताए ।

जिल्लास्तरीय छनोट सकिएपछि प्रदेशस्तरीय खेलकूदको लागि तयारी भइरहेको उल्लेख गर्दै चितवन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले चितवनमा समेत चार खेलको छनोट हुने बताए ।

लामाका अनुसार चितवनमा उसु, तेक्वान्दो, ब्याटमिन्टन र एथलेटिक्सको प्रदेशस्तरीय छनोटको खेल हुनेछ । जिल्लामा हुने प्रदेशस्तरीय छनोटका खेल भरतपुरको गेष्टहाउस चौर, भरतपुर कबर्ड हल तथा जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछन् । रासस

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij