काठमाडौं । नेपालमा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा देशमा विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७५२ जनाको पीसीआर परीक्षणमा १ हजार ५७७ र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ ।
सोही अवधिमा २ हजार ३३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।
अझै देशभर ३७ हजार ५ सय ९९ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ ।
देशभरका विभिन्न अस्पतालमा ६ सय ६२ जना संक्रमितको सघन उपचार कक्षमा उपचार जारी रहेको छ । त्यसैगरि १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्