१ हजार ८५७ संक्रमित थपिए, २७ जनाको मृत्यु

१ हजार ८५७ संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं – नेपालमा थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ४ सय ९ पीसीआर परीक्षणमा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टिजेन परीक्षणमा ३ सय ४१ जना गरी १ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २ हजार २ सय २२ जना संक्रमणमुकत भएका छन् । यो सहित देशभर कोरोना जित्नेको संख्या ७ लाख १० हजार ४ सय ५२ पुगेको छ । निको हुनेको दर ९३ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै थप २७ जना संक्रमितको मत्यु भएको छ । यो सहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० पुगेको छ ।

अहिले देशभरका विभिन्न अस्पतालमा ६ सय १५ संक्रमितको सघन उपचार कक्ष तथा १ सय ७४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij