काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७४३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणबाट १ हजार ४८८ र ४ हजार ३७० जनामा गरिएको एन्टिजेन परीक्षणमा ४०९ जना गरी जम्मा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्