काठमडाौं । नेपालमा गत चौबीस घण्टामा थप १,२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट कुल ११ हजारर ९४४ नमुना परीक्षण गरिएकोमा थप १,२७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७४ हजार ५८७ र एन्टीजेन विधिबाट ८६ हजार २१९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ रहेको छ ।
त्यस्तै गत चौबीस घण्टामा थप १, ८४५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ३५ हजार ६ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ ।
त्यस्तै, बिगत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १० हजार ९०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्