JanataToday.com

Advertisment

SKIP THIS

नेपालले ओमानलाई दियाे १ सय ९७ रनकाे लक्ष्य

नेपालले ओमानलाई दियाे १ सय ९७ रनकाे लक्ष्य

काठमाण्डाै  – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालकाे पुरुष क्रिकेट टोलीले ओमानलाई १ सय ९७ रनकाे लक्ष्य दिएकाे छ ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४७ ओभर ४ बलमा १ सय ९६ रन बनाउँदै अलआउट भयाे ।

नेपालका लागि आसिफ शेखले ९० रन बनाए । एक सय १२ बल खेलेका आसिफले सात चाैका र एक छक्काकाे मद्दतमा ९० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनकाे याे पहिलाे अर्धशतक हाे । त्यस्तै ज्ञानेन्द्र मल्ल र करण केसीले २१, राेहित पाैडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए ।

बलिङतर्फ ओमानका बिलाल खानले चार विकेट लिए । त्यस्तै नेस्ताेर धाम्बाले दुई विकेट लिए ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतियाेगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij