JanataToday.com

Advertisment

SKIP THIS

नेपालले आज अमरिकासँग खेल्दै

नेपालले आज अमरिकासँग खेल्दै

काठमाडौँ – आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज तेस्रो खेल अमेरिकाविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार सवा ४ बजे शुरु हुँदै छ ।

यस अघि नेपालले गत सोमबार अमेरिकालाई पाँच विकेटले हराएर सिरिजको उत्कृष्ट सुरुवात गरेको थियो भने दोस्रो खेलमा घरेलु टिम ओमानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै सिरिजमा बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ४ विकेटले पराजित गरेको छ ।

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खला खेल्न नेपाली टोली ओमान गएको हो । ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहनुभएको छ ।

टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन सिवाकोटी, फिँजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन् । ओमान शृङ्खला आगामी असोज ४ गतेसम्म सञ्चालन हुने छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्ने छ ।

प्रकाशित मिति : शुक्रबार, असोज १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij