भैरहवा-नेपाल भारत महिला मैत्री समाज काठमाडौँ ले लुम्बिनी प्रदेश को दुई जिल्ला रुपन्देही र नवलपरासी लगायत १० जिल्ला मा ४ करोड बढी को राहत सामाग्री हस्तान्तरण गरेको छ ।
समाज ले रुपन्देही को सम्मरीमाइ गाउंपालिका ५ मा बाढी पिडित परिवार लाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राहत वितरण गर्दे पुर्व मन्त्री तथा सांसद चन्दा चौधरी ले नेपाल र भारत एक असली छिमेकी को रुप मा रहेको बताउनु भएको छ ।
नेपाल–भारत महिला मैत्री समाज को अध्यक्ष समेत रहनु भएकी चौधरी ले विपद को वेला एक असली छिमेकी को नाता ले भारत ले बाढी प्रभावित लाई आफनो संस्था मार्फत राहत वितरण गर्दै आएको बताउनु भयो ।
भारत सरकार को सहयोग मा उपलब्ध भएको त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायत का राहत सामाग्री रुपन्देही र पश्चिम नवलपरासी का बाढी प्रभावित क्षेत्र मा वितरण गरिएको हो ।
नेपाल–भारत महिला मैत्री समाज लाई भारतीय दुतावास ले ४ करोड ७५ लाख बराबर को राहत सामाग्री हस्तान्तरण गरेको मध्ये प्रदेश २ को ८ जिल्ला र लुम्बिनी प्रदेश को दुई जिल्ला गरि १० जिल्लाका बाढी प्रभावित तथा घर विहिन लाई सामाग्री वितरण गरिएको सांसद चौधरी ले बताउनु भयो ।
रुपन्देही को सम्मरीमाइ गाउंपालिका मा आयोजित राहत वितरण कार्यक्रम मा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला ले भारत हाम्रो असल छिमेकी रहेको ले सबैभन्दा पहिला आफ्नो छिमेकी को पीडा बुझेर विपदका बेला निरन्तर सहयोग गर्दै आएको बताउंदै बाढी प्रभावित मधेशी जनताको मर्म सरकार ले अहिले सम्म नबुझेको आरोप लगाउनु भयो ।
कार्यक्रम मा लोसपा नेपाल का युवा नेता प्रशान्त गुप्ता (महेन्द्र),नेपाल रेडक्रस सोसाइटी मर्चवार उप शाखा का सभापति निरन्जन पाठक,मर्चवारी गाउ पालिका का अध्यक्ष केशव बानिया, लायन्स क्लब अफ लुम्बिनी मर्चवार का अध्यक्ष सन्दीप त्रिपाठी लगायत ले बोल्दै बाढी पिडित हरु लाई स्थानीय तह र केही संघ संस्थाहरुले सहयोग गरे पनि सरकार पक्ष बाट कुनै पहल नभएको गुनासो गर्नु भएको छ ।
यसै बिच
नेपाल भारत महिला मैत्री समाज काठमाण्डौ ले जिल्ला विपद व्यवस्थापन समिति पश्चिम नवलपरासी लाई राहत सामाग्री हस्तान्त्रण गरेको छ । जिल्ला मा बाढी बाट प्रभावित भई घर विहिन घर परिवार लाई अस्थायी बसोबासका लागि संस्था ले विपद व्यवस्थापन समिति लाई उक्त राहत सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।
जिल्ला विपद व्यवस्थापन समिति का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र को अध्यक्षता मा कार्यक्रम को प्रमुख अतिथि संस्थाकी अध्यक्ष एवं पुर्व मन्त्री सांसद चन्दा कुमारी चौधरी ले उक्त राहत सामाग्रीहरु हस्तान्त्रण गर्नु भएको थियो ।
संस्था की अध्यक्ष एवं पुर्वमन्त्री सांसद चौधरी ले आफनो व्यक्तिगत पहल मा भारत सरकार बाट सहयोग प्राप्त गरेको उक्त राहत सामाग्रीहरु बाढी बाट प्रभावित भई घर विहिन भएका पिडित परिवार हरु लाई तत्काल अस्थायी बसोबास हुने उद्देश्य ले विपद व्यवस्थापन समिति लाई हस्तान्त्रण गर्नु भएको हो ।
राहत सामाग्री मा त्रिपाल, टेन्ट, फैमिली रेजिड टेन्ट सिगल, फैमिली रेजिड टेन्ट डबल, प्लास्टिक सिट, स्लिपिङ्ग मैट हरु गरि ९० वटा सामाग्री रहेको संस्था की अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।
सन २०१३ साल मा स्थापना भएको यो संस्था ले यसबर्ष मात्र बाढी प्रभावित १० जिल्ला मा गरि ४ करोड ७५ लाख को विभिन्न राहत सामाग्रीहरु वितण गरेको अध्यक्ष चौधरी ले जानकारी दिनु भयो ।
कार्यक्रम मा पुर्वमन्त्री सांसद चौधरी ले आगामी दिन मा पनि बाढी प्रभावित र विभिन्न क्षेत्र बाट प्रभावित व्यक्तिहरुलाई थप आवश्यक राहत सामाग्रीहरु वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति मा हस्तान्त्रित उक्त सामाग्रीहरु आवश्यक ठाउँमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ले बताउनु भयो ।
कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, जिल्ला समन्वय समिति का प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्रं कुमार गुप्ता, लोसपा का केन्द्रिय सदस्य पुरन चौधरी, नेपाली कांग्रेस का उप सभापति अनिल गौड, नेकपा एमाले का जिल्ला सचिव थान प्रसाद गैरे, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी, रेडक्रस को प्रदेश सदस्य हैदर अलि मोमिन, नेपाल पत्रकार महासंघ का पुर्व अध्यक्ष केशव पराजुली, उद्योग बाणिज्य संघ का उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरी, नेपाल रेडक्रस सोसाईटी परासी का मन्त्री माया अग्रहरी लगायत ले यस राहत सामाग्री ले बाढी प्रभावित हरु लाई ठुलो राहत हुने बताउनु भयो ।
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्