मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद् र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ६ बजेको लागि गठबन्धनको बैठक बोलाइएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै गठबन्धनको बैठक बस्ने बताए। मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति बनेको थियो।

आजको गठबन्धनको बैठकअघि कांग्रेसको पदाधिकारी बैठक जारी छ। यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी र एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ।

यता, गठबन्धनमा सामेल भएका जनता समाजवादी पार्टी जसपा भने राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नहुने पक्षमा छन्।

देउवा सरकार गठन भएको ७० दिन बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन। आजको बैठकले सरकारलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ।

प्रकाशित मिति : बुधबार, असोज ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij